काठमाडौं– शुक्रबारदेखि हुन लागेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका लागि विगतमा भन्दा यस पटक धेरै सर्तकता अपनाइएको छ। विगतमा भन्दा धेरै कार्यक्रम रहेको र यस पटक नेपालमा भारतविरोधी भावना बढेकाले सुरक्षा अवस्था थप बलियो बनाइएको छ।
पटनाबाट सैनिक हेलिकोप्टरमा जनकपुर हुँदै नेपाल आउन लागेका मोदीले नेपालमा करिब ३० घन्टा बिताउनेछन्।
परराष्ट्र मन्त्रालय र प्रहरीबाट प्राप्त विवरण अनुसार यसरी बित्नेछ नेपालमा मोदीका ३० घन्टा–
बैशाख २८ गते शुक्रबार-
बिहान ९:१५ बजे– हेलिकोप्टरबाट जनकपुरमा अवतरण।
९:३०– जानकी मन्दिरमा पूजा।
१०:१५– बाह्रबिघा मैदानका लागि प्रस्थान। नागरिक अभिनन्दनमा सहभागी र सम्बोधन।
१:३०– हेलिकोप्टरबाट काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण, बौद्धस्थित हायात होटलमा प्रस्थान।
४:००– गार्ड अफ अनरका लागि चावहिल, गौशाला, एयरपोर्ट, तीनकुने, बानेश्वर हुँदै सैनिक मञ्च टुँडिखेलका लागि प्रस्थान।
४:३५– उपराष्ट्रपति नन्दबहादुर पुनसँगको भेटका लागि बहादुर भवन निवासमा।
५:००– राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न शीतल निवासमा।
६:००– महाराजगञ्ज, चावहिल, गौशाला हुँदै द्वारिकाज होटलमा पुग्ने। त्यहाँ विभिन्न दलका नेताहरुसँग भेटघाट।
बैशाख २९ गते शनिबार-
बिहान ६:००– मुक्तिनाथ जानका लागि विमानस्थल प्रस्थान।
८:३०– मुक्तिनाथमा पूजा।
१०:३०– मुक्तिनाथबाट काठमाडौं फिर्ता।
१०:४०– विमानस्थलबाट दर्शनका लागि सीधै पशुपतिनाथ मन्दिर प्रस्थान।
११:३०– होटल हायात प्रस्थान।
२:००– महाराजगञ्ज, चावहिल हुँदै राष्ट्रिय सभागृहका लागि प्रस्थान।
३:३०– नागरिक अभिनन्दन, नेपालका प्रधानमन्त्रीसँग संयुक्त पत्रकार सम्मेलन तथा अरुण तेस्रोको उद्घाटन गरी बानेश्वर, तीनकुने हुँदै स्वदेश फिर्ताका लागि त्रिभुवन विमानस्थल प्रस्थान। नेपाल लाइभ बाट










