काठमाडौं । सरकारले प्राकृतिक विपद्मा परेकालाई तत्कालिन राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले देशका विभिन्न भागमा बाढी, आँधी–बेहरी र असिनापानीका कारण प्रभावित भएकालाई तत्कालिन राहत दिने निर्णय गरेको हो ।
निर्णयानुसार धनुषा, महोत्तरी र सिरहामा आँधी–बेहरीबाट क्षति पुगेका परिवारलाई तत्कालका लागि दुई वण्डल जस्तापाता र ज्यान गुमाउनेको परिवारका लागि एक लाख रुपैयाँ उपलब्ध गराइने छ ।
असिनाले क्षति पु¥याएको बालीनाली, फलफूल र तरकारीको क्षतिपूर्ति दिन गृहमन्त्रालय मार्फत एक अर्व रुपैयाँ छुट्याइएको छ । सार्वजनिक मितव्ययिता अपनाउन भन्दै मन्त्रिपरिषद्ले नयाँ निर्देशिका पारित गरेको छ ।










