प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका बेला ललितपुरमा अन्तर्घात गर्ने नेपाली काँग्रेसका नेता कार्यकर्ताको सूची सार्वजनिक भएको छ । ललितपुरका काँग्रेस सभापति मदनकुमार अमात्यले पार्टी कार्यालयमा बुझाएको अन्तर्घातीको सूचीमा पूर्वमन्त्री ओमकार श्रेष्ठदेखि पूर्व सभाषद रामकृष्ण चित्रकारसहित २७ जना छन् ।
यो विषयले ललितपुर काँग्रेस तीव्र द्वन्द्वमा फसेको छ । अघिल्लो संविधानसभा निर्वाचनमा ललितपुरका तीनवटै निर्वाचन क्षेत्र जितेको काँग्रेसले यसपटकको प्रतिनिधिसभा निर्वाचनमा हार बेहोरेको छ । सूचीमा कुन कुन नेताले के गरे ? भन्ने आरोप समेत लगाइएको छ ।


मिडिया एनपी बाट साभार










