कैलाली/कैलालिको चुरे गाउँपालिकाका जनप्रतिनिधि मनोमानी गरिरहेको भेटिएको छ।स्थानीय गाउँहरु सडक संजाल मार्फत जोड्ने बहानामा सामुदायिक बन क्षेत्र भित्र वन ऐन तथा मापदण्ड बिपरित डोजर र स्काभेटरको प्रयोगगरि जथाभावी सडक निर्माण गरिरहेका हुन्।

जनप्रतिनिधिहरुले मनोमानिरुपले जथाभावी डोजर तथा स्काभेटर प्रयोग गर्न पाउँदैनन्। कैलालिको साविकका गाविस हरु सहजपुर,निंगाली र खैरला गाबिस जोडि चुरे गाउंपालिका निर्माण गरिएको हो। स्थानीय चुनावको समयमा आफुहरु जनताका हरेक गुनासो हरुको व्यबस्थापन र समाधानमा प्रतिवद्द रहने भने पनि हाल जनताहरुको सल्लाहको उपेक्षा गर्दै मनोमानी ढंङ्गले अघि बढिरहेको प्रती स्थानियले बिरोध जनाएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बिकाशका नाममा बिनाश ल्याउन लागेको भन्दै आफुहरुले सचेत गराउने स्थानियहरु बताउँछन्। भु- बनावटका आधारमा कैलालिको चुरे क्षेत्रलाई बिकट मानिन्छ । बस्ती माथिबाट रुखहरु फँडानी र जथाभावी डोजर स्काभेटर चलाउँदा भु- क्षयको जोखिम बढ्ने र नजिकका घर-बस्तिहरु सम्भावित पहिरोका कारण बिस्थापी हुनसक्ने भन्दै स्थानियहरुले बिरोध जनाएका हुन्। चुरे गाउँपालिकाले भने आफुहरुले सम्पुर्ण कागजी प्रक्रिया पूरा गरि सोहि बमोजिम काम गरिरहेको जनाएको छ ।