काठमाडौं । काशी तिवारी हत्यामा जन्मकैदको फैसला भएका रौतहतको कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाह पक्राउ परेका छन् ।
काठमाडौंको बानेश्वरबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले बिहीबार पक्राउ गरेको हो । सीआईबीले उनलाई फैसला कार्यन्वयका लागि पक्राउ गरिएको पुष्टि गरेको छ ।
यसअघि उच्च अदालत, जनकपुरको वीरगञ्ज इजालासले काशी तिवारी हत्या काण्डमा जिल्ला अदालत, बाराले दिएको सफाइ उल्टाउँदै २० वर्ष कैदको सजाय सुनाएको थियो ।
उनी माओवादीबाट कटहरिया नगरपालिकामा मेयरमा निर्वाचित भएका थिए । उनी मेयर निर्वाचित हुनु अघि तत्कालिन सहरी विकास मन्त्री प्रभु शाहको स्वकीय सचिव समेत बनेका थिए । जनता समाचार बाट









