मिना बुढाथोकी सल्यान । छायाक्षेत्र मन्दिरमा हुनै लागेको बालविवाह रोकिएको छ । सल्यानको छत्रेश्वरी गाउँपालिकामा रहेको छांयाक्षेत्र मन्दिर परिसरमामा विहिबार विहान हुन लागेको विवाह प्रहरीको सक्रियतामा रोकिएको हो ।

शारदा नगरपालिका १ का १८ वर्षिय सुनिल वादी र वनगाड कुपिण्डे नगरपालिका ५ कि १७ वर्षिय एक बालिका विच हुन लागेको वालविवाह मण्डपबाटै प्रहरीको सक्रियतामा रोकिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मण्डपबाट नियन्त्रणमा लिएका उनिहरुलाई बालबिवाहका बारेमा सचेतना दिएर अभिभावकको जिम्मा लगाएको जिल्ला प्रहरी प्रमुख भरत विकले बताए । अभिभावकहरुलाई जानकारी नदिएर उनिहरु भागेर वालविवाह गर्न लागेको देखिएको उनले बताए ।

यसरी रोकियो बालविवाह नेपाल पत्रकार महासंघ सल्यानको आयोजना र छत्रेश्वरी गाउँपालिकाको समन्वयमा छायाक्षेत्र मन्दिर परिसरमा सल्यानको पर्यटन प्रर्वद्धनमा सरोकारवालाहरुविच अन्र्तरक्रिया कार्यक्रम चलिरहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा कर्णाली प्रदेशका नेकपा एमालेका सचेतक तथा सल्यान क का सांसद गुलावजंग शाह प्रमुख अतिथि थिए ।

सोहि कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोखरेल, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका सवै कार्यसमिति, सल्यान जिल्लाका ५ वटा स्थानिय तहका प्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टण्डन, जिल्ला प्रहरी प्रमुख भरत विक तथा कर्णाली प्रदेशका विभिन्न संचारमाध्यमका कार्यरत पत्रकारहरु थिए । सोहि क्रममा एक हुल मानिसहरु मन्दिरमा प्रवेश गरे । विवाहका सामाग्रीहरु सहित आएका उनिहरु मन्दिरमा पुगे र विवाहको तयारीमा लागे ।

त्यहाँ उपस्थीत पत्रकारहरु पनि आआफ्नै ढंगले मन्दिरको रिर्पोटिंग र फोटो खिचिरहेका थिए । त्यहि वेला कसैले जिल्ला प्रहरी प्रमुख भरत विकलाई नजिकै वालविवाह भैरहेको जानकारी गराएपछि प्रहरीहरु पनि विवाह भैरहेको स्थामा पुगे ।

प्रहरीको सोधिखोजी पछि उनिहरुले शुरुमा आफुहरुको उमेर पुगेको दावी छोड्दै छोडेनन् । प्रहरीले उनिहरुलाई निकै सम्झाएपनि उनिहरुले नमानेपछि प्रहरीले उनिहरुलाई इलाका प्रहरी कार्यालय लुहाम लगेर अभिभावक सहित थप सोधपुछ ग¥यो । सोधपुछ पछि विवाह गर्न लागेकी वालिका १७ वर्षको भएको पुष्टि भएपछि उनिहरुलाइ आआफ्नो अभिभावकहरुको जिम्मा लगाइएको प्रहरी प्रमुख विकले बताए ।

अविभावकको जिम्मा लगाइएका उनिहरुले २० वर्ष पुगेपछि मात्रै गर्ने प्रतिवद्धता जनाएका थिए । अभिभावकहरुले भने उक्त अन्र्तरजातिय वालविवाह अभिभावकको मञ्जुरी विनै हुन लागेको दावी गरेका थिए ।

नेपालको कानुन अनुसार १८ वर्ष मुनिको विवाहलाई वाल विवाहको रुपमा हेरिन्छ भने १८ वर्ष देखि २० वषको विचमा हुने विवाहलाई उमेर नपुगेको विवाह भनिन्छ । जिल्लामा वालविवाह न्युनिकरणमा विभिन्न निकायहरुले काम गरिरहेको भएपनि बालविवाहको स्थीति विकराल रहेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । जनता समाचार बाट