राजधानी उपत्यकाबासीले फेरि दुई दिन बिदा पाउने भएका छन् । वैशाख २९ र ३० गते बिदा हुने भएको हो ।
वैशाख २९ गते शनिबार नियमित बिदा र वैशाख ३० गते मछिन्द्रनाथको भोटो देखाउने जात्रा भएका कारण उपत्यकाबासीलाई वैशाखमा फेरि लगातार दुई दिन बिदा पर्ने भएको छ । यसअघि बुद्ध जयन्ती र अन्तर्राष्ट्रिय मजदूर दिवस परेका कारण वैशाख १७ र १८ गते पनि सार्वजनिक बिदा परेको थियो ।










