दमक/ झापाली युवा साहित्यकार मोहन ढुंगाना (मेची पुत्र)ले बिपी अध्ययन प्रतिष्ठान झापाको अध्यक्षको जिम्मेवारी पाएकाछन् । उनलाइ प्रतिष्ठानले विहिबार झापा जिल्ला अध्यक्षमा मनोनित गरेको हो ।

दोश्रो जनआन्दोलनमा सक्रिय रहेका उनि झापाको दमक र आसपासमा साहित्यको क्षेत्रमा सक्रिय रहदै आएका थिए । उनको योगदानको कदर गर्दै यो जिम्मेवारी दिएको बताईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनलाइ जिल्ला समितिलाइ पूर्णता दिएर चाँडो क्षेत्रिय,नगर र गाँउ समितिहरु गठन गर्न समेत अधिकार दिईएको छ । प्रतिष्ठान नेपाली काग्रेस निकट रहेको छ ।