प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि जनकपुर आइपुगेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा जम्मा दुई घन्टा १० मिनेट बिताउनेछन् । शुक्रबार बिहान १०ः१५ बजे जनकपुर विमानस्थलमा अवतरण गर्ने मोदी १०ः३० बजेसम्म जानकी मन्दिर पुग्नेछन् ।
उनलाइ त्यहाँ प्रधानमन्त्री ओलीले मोदीलाई स्वागत गर्नेछन् । विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मोदीलाई स्वागत गर्ने कार्यक्रम छ ।
मन्दिरमा पूजापाठ सकेर प्रधानमन्त्रीद्धय ओली र मोदीले संयुक्त रूपमा जनकपुर–अयोध्या ९भारत० बस सेवा शुभारम्भ गर्नेछन् ।
लगत्तै मन्दिर परिसरमै पत्रकार सम्मेलन गरी रामायण सर्किटको घोषणा गरी करिब ११ः२५ बजेसम्म बाह्रबिघा मैदानका लागि निस्किनेछन् । त्यहाँ स्थानीय सांस्कृतिक कार्यक्रम र झाँकी प्रस्तुत हुनेछ ।
त्यसपछि जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले मोदीलाई नागरिक अभिनन्दन गर्नेछन् ।
मोदीले प्रमुख वक्ताको रूपमा आफ्नो सम्बोधन सकेपछि मुख्यमन्त्री राउतले धन्यवाद ज्ञापन गर्दै समारोह समापन भएको घोषणा गर्नेछन् । त्यसपछि मोदी पुनःजनकपुर विमानस्थल पुगेर काठमाण्डुका लागि उड्ने तालिका छ ।










