काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहान सवा १० बजे जनकपुरमा आइपुग्दै छन् । प्रधानमन्त्री बनेपछि उनको यो तेस्रो नेपाल भ्रमण हो ।
मोदीको यो पटकको भ्रमण धार्मिकस्थलबाट सुरु हुँदैछ ।
उनी जनकपुर आएलगतै विशेष विधिबाट पूजाका लागि जानकी मन्दिर जाने छन् । उनले जनकपुरमा अढाई घण्टा बिताउनेछन् ।
के के गर्छन् मोदीले अढाई घण्टा जनकपुरमा ? –जानकी मन्दिरमा झण्डै ३० मिनेटको पूजा
– प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता
– जनकपुर र अयोध्या जोड्ने रामायण सर्किटको ओली र मोदीद्वारा उद्घाटन
– जनकपुर अयोध्या बस सेवा पनि ओली र मोदीद्वारा हरिया झण्डा देखाएर सुभारम्भ
– नागरिक अभिनन्दन










