बैसाख २८ दमक/ झापा दमकका स्थायी बासिन्दा बरिष्ठ साहित्यकार डाक्टर तुलसी भट्टराई तथा डाक्टर गोविन्दराज भट्टराईलाई मतृशोक परेको छ । उहाँहरुकी माता मन्दोदरा भट्टराईको गएराती १ बजे ८१ बर्षको उमेरमा निधन भएको हो ।
बुड्यौली र मुटु रोगका कारण मृत्यु भएको पारिवारीक स्रोतले जनाएको छ । मृतक मन्दोदराका डाक्टर तुलसी, कमलराज, डाक्टर गोविन्दराज, ईस्वरी प्रसाद, नारायणप्रसाद, खगेन्द्र र देवेन्द्र भट्टराईगरी सातजना छोराहरु रहेका छन् । उहाँको पवित्र कन्काईमाई धाममा आजै हिन्दु संस्कार अनुसार दाहासंस्कार गरिएको छ ।










