काठमाडौं, २८ वैशाख । धार्मिक आन्दोलन भड्काउन भाडाका मान्छे लगाएर आफैंमाथि गोली हान्न लगाएको आरोपमा पक्राउ गरिएका धर्मगुरु श्रीनिवास आचार्यले आफुलाई फँसाएको दाबी गरेका छन् ।

हिरासतभित्र भोक हड्तालमा रहेका आचार्यलाई उपचारका लागि कोसी अञ्चल अस्पताल लगेका बेला आचार्यले रुँदै भने,‘मलाई फँसाइयो । म पिसाव फेर्न गएका बेला कसले गोली हान्यो थाहा भएन ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गोली हान्ने आरोपमा पक्राउ परेका माधव चौधरी आफ्ना अंगरक्षक नै रहेको बताएका श्रीनिवासले भने,‘मलाई किन आरोप लगाइयो, थाहा भएन ।’

उनले अगाडी थपे,‘धरोधर्म मैले आफुलाई गोली हान्न लगाको होइन, म यस्तो पाप किन गर्छु र ?’ प्रहरीले केही बोले राम्रो नहुने भनी धम्क्याएको र पत्रकार सम्मेलनमा पनि बोल्न नदिइएको उनले बताए । दैनिक नेपाल बाट साभार