भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले राजधानीको होटल द्वारिकाज पुगेका छन् । त्यहाँ दुई देशका प्रधानमन्त्रीबीच वान टू वान वार्ता सुरु भएको छ । दुई प्रधानमन्त्रीबीचको वार्तापछि दुई देशका प्रतिनिधिहरुबीच छलफल हुने जनाइएको छ । त्यो सँगै भारतीय प्रधानमन्त्री मोदीले पूर्वप्रधानमन्त्रीहरुदेखि राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गर्नेछन् ।
रात्री भोजसहितको उक्त बैठकमा प्रधानमन्त्री केपी ओलीदेखि पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु लागयतका नेताहरु सहभागी रहेका छन् । अन्य केही नेताहरु अहिले पुग्ने क्रम जारी रहेको छ । अहिले प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, अर्थमन्त्री डा।युवराज खतिवडा, पूर्वप्रधानमन्त्री लगायत बैठकमा सहभागी रहेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीलाई होटल द्वारिकाज पुग्नुअघि सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले सम्मान स्वरुप गार्ड अफ अनर प्रदान गरेको थियो । त्यसलगत्तै मोदीले राष्ट्रपति विद्या भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसँग शिष्टाचार भेटवार्ता गरेका थिए । टिभी अन्नपूर्ण डट कम बाट साभार










