नर्सिङ क्षेत्रका जानकारहरुका अनुसार नर्स बन्न नेपालमा चारदेखि आठ लाख रुपैयाँसम्म लाग्ने गरेको छ।

वीर अस्पतालकी नर्सिङ अधिकृत रमिला चौलागाईंले नर्स बन्न एकिन रकम नतोकिएको बताइन्। सिटिईभिटीबाट मान्यता प्राप्त निजी कलेजहरुले फरक फरक शुल्कमा नर्सिङ पढाई गर्छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

निजी अस्पतालमा चारदेखि आठ लाख रुपैयाँसम्म खर्चहुने गरेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। सरकारी स्वास्थ्य संस्थाले भने दुईदेखि तीन लखा रुपैयाँसम्म खर्च हुने गरेको छ। तर खर्चअनुसार नर्सले तलब पाउँदैनन्।

अस्पतालहरुले नर्सलाई मासिक १० देखि ११ हजार रुपैयाँ मात्रै तलब दिने गरेका चौलागाईंले बताइन्। नर्सहरुले पढाईमा लाग्ने खर्चभन्दा निकै कम पारिश्रमिक पाउँदै आएका छन्।