इटहरी / इटहरी उपमहानगरपालिका स्थित ८ नम्बर वडाका स्थानियहरु साँढे आतंकबाट त्रसित बनेपछी साँढे नियन्णमा लिइएको छ । साँढेले सर्वसाधरणलाई आक्रमण गर्न थालेपछि ८ नंम्बर वडाको फुलबारी र गैसार टोल त्रसित बनेका थिए । साँढेको आक्रमणबाट एकजना महिलाले ज्यान गुमाइसकेकी र एक दर्जन बढी स्थानियहरु घाइते भएका थिए ।

दिन र रातमा घर आसापास देखिने साँढेले आक्रमण गर्दा स्थानिय ४१ बर्षिय सिताकुमार आड्गबुहाङको ज्यान गएको गएको हो । उनलाई घर नजिकको मकै बारीमा आक्रमण गरि गम्भीर घाइते भएकी थिइन । उनको ढाँड बाचिएको र उपचारको क्रममा मृत्यु भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

साँढले ८ नंम्बर वडामा आतंक मञ्चाएपछि साँढेलाई यस क्षेत्रबाट अन्य सुरक्षित स्थानमा आज वडा अध्यक्ष रोहित चौधरको पहलमा लगिएको छ । अब भने साँढेको आतंक बाट मुक्ती पाएको स्थानियहरुले बताएका छन ।