काठमाडौँ २८ बैशाख । भारतीय सांसद किर्ती आजादको अभिव्यक्तिप्रति राप्रपा नेपालका अध्यक्ष कमल थापाले असन्तुष्टि व्यक्त गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको समयमा पुर्व क्रिकेटर तथा सतारुढ पार्टी भारतीय जनता पार्टीका संसद किर्ती आजादले सामाजिक संजाल मार्फत प्रदेश २ को राजधानी जनकपुरलाई भारतमा गाभ्न माग गरेपछि थापाले असन्तुष्टि व्यक्त गरेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले समाजिक सन्जाल फेसबुक मार्फत भनेका छन् ‘भारतीय प्रम मोदीको नेपाल भ्रमणको समयमा नै एक भारतीय सांसद किर्ती आजादले सामाजिक संजाल मार्फत नेपालको सार्वभौमिकता र अखण्डतामा आँच पुग्ने गरी व्यक्त गरेका बिचारको घोर भर्त्सना गर्दछु ।’