भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पशुपतिनाथ मन्दिर पुगेका छन् । मोदी पशुपतिनाथ मन्दिरको दर्शन तथा पूजा अर्चनाका लागि त्यहाँ पुगेका हुन् ।

मोदीलाई पशुपतिनाथ मन्दिरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, पशुपति विकास कोषका पदाधिकारीलगायतले स्वागत गरे । मोदीले केहीबेर पशुपतिनाथमा विशेष पूजा–अर्चना गर्नेछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसअघि मोदीले मुक्तिनाथ मन्दिरमा पूजा गरेका थिए । शनिबार बिहान हेलिकोप्टरमार्फत मुस्ताङ पुगेका मोदी त्यहाँको पूजा सकिएलगत्तै काठमाण्डु फर्केका हुन् ।

२ दिने भ्रमणका लागि शुक्रबार नेपाल आइपुगेका मोदीलाई यसपछि काठमाण्डु महानगरपालिकाले नागरिक अभिनन्दन गर्दैछ । मोदी आजै स्वदेश फर्किने कार्यक्रम छ ।