काठमाडौं– दुई दिने नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज विभिन्न दलका नेताहरुसँग भेटवार्ता गर्दैछन्।

अहिले काठमाडौंको हायात होटलमा कांग्रेस नेताहरुसँग भेटवार्ता चलिरहेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भेटवार्ताको लागि सभापति देउवाको साथसाथै उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीता यादव, विजय गच्छदार, रामचन्द्र पौडेल लगायतका नेताहरु सहभागी छन्।

बैठकको सुरुवातमै देउवाले कांग्रेस नेताहरुको परिचय गराएका थिए।