–महिला खबर

ललितपुर । प्रेमिकको हत्या गरेको अभियोगमा गोरखामा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । आरुघाट गाउँपालिका २ मान्बुका कृष्ण न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बैशाख २६ गते राती १० बजे झापाकी संगीता अधिकारी मृत अवस्थामा न्यौपानेको पुरानो घरमा फेला परेकी थिईन् । झापा घर भइ काठमाडाै बस्दै आएकी संगीता र गोरखा घर भई काठमाडौं बस्दै आएका कृष्णको काठमाडौंमै चिनजान भएको थियो । संगीताले बिहे गर्न न्यौपानेलाई कर गरेपछि केटाले नमानेर हत्या गरेको आशंका प्रहरीले गरेको छ ।

इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक सुरज कार्कीका अनुसार केटाले उमेर नपुरै बिहे गर्न नामानेपछि उनी केटासँगै गोरखा पुगेकी थिइन् । बिहे अगाबै शारीरिक सम्बन्ध भइसकेपछि केटीले बिहे गर्न कर दुबैजनाबीच झगडा भएको प्रहरी समक्ष केटाले बयान दिएको जनाईएको छ ।

न्यौपाने मृतक संगीताको ब्वाइफ्रेन्ड भएको प्रहरी अनुसन्धानले खुलेको छ । शवको प्रकृती हेर्दा कम्परमा चोट लागेको र मुखबाट रगत बगेको देखिएकोले हत्या भएको प्रहरीको आशंका छ ।