२९ वैशाख – दुई दिनको नेपाल भ्रमण सकेर स्वदेश फिर्ता भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भ्रमणले नेपाली नागरिकसँग आत्मियता हुने ठूलो अवसर प्रदान गरेको बताएका छन् ।
‘मेरो नेपाल भ्रमण ऐतिहासिक रह्यो । यस भ्रमणले मलाई नेपाली जनतासँग आत्मिय हुने ठूलो अवसर प्रदान गर्यो’, मोदीले ट्वीटमा भने, ‘प्रधानमन्त्री केपी ओलीसँगको छलफल धेरै फलदायी रह्यो ।’












