काठमाडौं– नेपाल प्रहरीमा धमाधम बढुवा प्रक्रिया अघि बढेको छ। शनिबार २ सय ९८ हवल्दारलाई प्रहरी सहायक निरीक्षक(असई)मा बढुवा सिफारिस गरिएको छ। बढुवा समितिको बैठकले कार्यक्षमता र जेष्ठताका आधारमा सिफारिस गरेको हो।

यसअघि डिआईजी, एसएसपी, इन्सपेक्टर लगायत पदको बढुवा गरिएको थियो। एआईजी पदको भने बढुवा प्रक्रिया सुरु हुन सकेको छैन।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नयाँ महानिरीक्षक नियुक्त भएसँगै धमाधम रिक्त पदहरुमा बढुवा भइरहेको छ।

यस्तो छ असइ बढुवाको सूचीः