काठमाण्डाै । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण एतिहासिक भएको बताएका छन । नेपाल भ्रमण सकेर दिल्ली प्रस्थान गर्ने क्रममा ट्वीट गर्दै नेपाली जनतासँगको सम्बन्धलाई फेरि पुर्नस्थापन गर्न आफूसफल भएको बताएका छन । मोदीले नेपालका प्रधानमन्त्री ओलीसँगको बार्ता सकारात्मक भएको बताएका छन ।
यसबाट नेपाल भारतको सम्बन्धको नया आयाम शुरू भएको ट्वीटमा उल्लेख छ । उनले भ्रमणको आथित्यताको लागि नेपाली जनता र सरकारलाई बधाई दिएका छन ।











