प्यूठान - प्यूठानको सरुमारानी गाउँपालिका–४ बड्डाँडा नजिक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । २० भन्दा बढी यात्रु घाइते भएका छन् ।

महेन्द्रनगरबाट प्यूठान आइरहेको ना ४ ख ८१७६ नम्बरको बस आईतबार बिहान ३ बजेतिरको समयमा दुर्घटनामा परेको प्रहरीले जानएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बस सडकबाट झण्डै दुई सय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ । बसको हेडलाइट बिग्रँदा दुर्घटना भएको बताइएको छ ।

मृत्यु हुनेमा ३ महिला र २ पुरुष रहेका छन् । घाइते मध्ये पाँच जनाको बुटवलमा र अन्यको प्युठान अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।