दमक/झापाको दमकस्थित नयाँ बसपार्कमा बिहान साढे ८ बजे भेटिएको शंकाश्पद बस्तु दूइघण्टा बित्दा पनि पहिचान र डिस्पोज हुन सकेको छैन । डिस्पोजनका लागि नेपाली सेनाको बिस्फोटक पदार्थ डिस्पोजल टोली आउन ढिला हुँदा यस्तो भएको बताईएको छ । अहिले जनपथ प्रहरी र शसस्त्र प्रहरीले बसपार्क क्षेत्रमा कडा सुरक्षा दिइरहेको छ ।
एउटा कालो डल्लो जस्तो देखिएको र त्यहाँ दूइवटा तार समेत बाहिर निकालिएकाले बिस्फोटक पदार्थ भएको प्रहरीको अनुमान रहेको छ । तत्कालै नेपाली सेनालाइ खबर गरिएपनि अहिलेसम्म आइनपुगेको जनाईएको हो ।










