विष्णुप्रसाद पोखरेल दमक/झापाको दमकस्थित बसपार्कमा भेटिएको शंकाश्पद बस्तु बिस्फोटक पदार्थ भएको पुष्टि भएको छ । आज बिहान भेटिएको बिस्फोटक पदार्थ पोको पारेर बसपार्कमा राखिएको अवस्थामा भेटिएपछि प्रहरीले बिहान साढे ८ बजेदेखि नै निगरानी गरेको थियो ।

नेपाली सेनको बम डिस्पोजनल टोलीले ११ बजेतिर त्यसलाइ आएर खोलेर हेर्दा बिस्फोटक सामाग्रि भेटिएको थियो । डिस्पोजनमा संलग्न सुरक्षाकर्मीहरुका अनुसार बिस्फोटक पदार्थ नै पोको पारेर राखिएको पाइएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपाली सेनाको टोलीले तारलाइ चुडाएर र बिस्फोटन गराउने अवस्थामा राखेको उक्त सामाग्रिलाइ निस्तेज पारेर लगेको छ । आधा घण्टा लगाएर त्यसलाइ निस्तेज पारिएको थियो ।