दमक/झापाको दमकमा रहेको शुभकामना बचत तथा ऋण सहकारी संस्था सुविधा सम्पन्न कार्यालयमा सरेको छ । सहकारीलाइ अझ ब्यवस्थित र सेवा प्रवाहलाइ चुस्तदुरुस्त बनाउनका लागि सुविधायुक्त कार्यालय सञ्चालनमा ल्याईएको सहकारी संस्थाले जनाएको छ ।

२०६९ सालमा स्थापना भएको सहकारी संस्थाको आइतवार सुविधा सम्पन्न कार्यालयको एक कार्यक्रमबीच दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले उद्घाटन गरेकी हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले त्यो अवसरमा सहकारीले सामाजिक उत्तरदायित्व वहन गर्नु पर्ने बताउदै सामाजिक रुपमा सक्रिय युवा चन्द्र गजमेर सहकारीको अध्यक्ष रहेकाले त्यो काम हुने आशा प्रकट गरिन् ।

कार्यालय उद्घाटनका सभपाति एवं सहकारीका अध्यक्ष चन्द्र गजमेरले सहकारीका सदस्यहरुमाझ सहज रुपमा सेवा प्रदान गरिने प्रतिबद्धता जनाए । उनले कार्यालयलाइ आधूनिक र सुविधा सम्पन्न बनाईएको बताए ।

सहकारीका उपाध्यक्ष शेरबहादुर गजमेरले स्वागत मन्तब्य राखेको कार्यक्रममा दमकका सामाजिक अगुवा एवं दमक नगर खेलकुद विकास समितिका अध्यक्ष केन्द्र प्रशाइ लगायतले शुभकामना मन्तब्य राखेका थिए ।