सिरहाको भगवानपुर गाउँपालिकामा आफ्नै छोराले कुटपिट गरी आमाको हत्या गरेको छ । सिरहाको भगवानपुर गाउँपालिका–१ निवासी ३५ वर्षीय धिरजकुमार पौडेलले मादकपदार्थ सेवन गरी आज बिहान ढोकाको आग्लोले कुटपिट गरी ७६ वर्षीया आमा कौशिलादेवीको हत्या गरेको हो ।
आमाको हत्या गर्ने धिरज पौडलेलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएकोे इप्रका लहानका प्रहरी नायब उपरीक्षक गणेश चन्द्रले जानकारी दिए । मृतकको शव परीक्षण गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । रासस
यो पनि पढ्नुहोस :
प्यूठान बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या ६ पुग्यो
प्यूठान । कञ्चनपुरको महेन्द्रनगरबाट प्यूठानको खलंगाका लागि छुटेको बस दुर्घटना परि मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
ना ४ ख १८७६ नम्बरको रात्री बस भालुवाङ(प्यूठान सडकखण्ड अन्तर्गत प्यूठानको सरुमारानी गाउँपालिका वडा नं ४ स्थित पाकुरी भन्ने स्थानमा दुर्घटना परेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
दुर्घटनाका बारेमा आइतबार बिहान ३ बजे जानकारी आएपछि जिल्ला प्रहरी कार्यालय प्यूठानका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलको कमाण्डमा ४० जनाको टोली घटनास्थलमा खटिएको छ ।
बस सडकबाट झण्डै दुई सय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ । बसको हेडलाइट बिग्रँदा दुर्घटना भएको बताइएको छ ।










