दमक/ १ नम्बर प्रदेशका संसदीय मामिला तथा कानून मन्त्री हिक्मत कार्की चीनमा हुने एक कार्यक्रममा सहभागि हुने क्रममा चीन पुगेकाछन् ।

चिनको सान्छी प्रोबिन्सको राजधानी सियानमा प्रान्तीय सरकार द्धारा आयोजित कार्यक्रममा सहभागी हुन उनि चीन पुगेकाहुन् । सिल्क रोड र महिला हेण्डी क्राफ्ट सम्बन्धि कार्यक्रममा सहभागिताका लागि त्यहाँको सरकारको निमण्त्रणमा उनि चीन पुगेकाहुन् । १ नम्बर प्रदेशबाट विदेश जाने उनि पहिलो बरिष्ठ मन्त्री बनेकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सन् २०१३ सेप्टम्बरमा चिनियाँ राष्ट्रपति सि जिङपिङले कजाकिस्तानको भ्रमणमा नाजारवाएभ विश्वविद्यालयमा गरेको प्रवचनमा पहिलो पटक ‘सिल्करोड’ आर्थिक करिडोर विकास गर्ने कुरा गरेका थिए ।