विद्यानन्द राम

सप्तरी । १२ वर्षदेखि फलामको साङ्लोमा बाँधिएकी विष्णुपुर गाउँपालिका–६ रञ्जीतपुरकी एक महिलालाई उद्धार गरिएको छ । समाचार प्रसारण भएपछि २८ वर्षीया वविता यादवलाई शनिवार साँझ उद्धार गरिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राजविराज नगरपालिकाकी उप–मेयर साधना झा, विष्णुपुर गाउँपालिकाकी उपाध्यक्ष जंजीरा यादव, दहेज मुक्त मिथिला अभियानकी अभियानता करुणा झा, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादवको पहलमा ववितालाई उद्धार गरिएको छ ।

टोलीले घरमै पुगेर ववितालाई सदरमुकाम ल्याएर राजविराज स्थित सेफ हाउसमा पु¥याइएको थियो । तर, सेफ हाउसमा कोही नभेटेपछि उप–मेयर झाले आफ्नै संरक्षणमा ववितालाई राखेकी छन् ।

उप–मेयरद्वयले २०६२ सालमा विवाह भएर घर गएको २, ३ दिन नवित्दै मानसिक संतुलन गुमाएकी ववितालाई उपचारमा समेत आफूहरुले पहल गर्ने प्रतिवद्धता समेत गरेका छन् ।