रामेछापमा अविरल वर्षापछि आएको बाढीले बगाउँदा परीक्षा दिन गएका विद्यार्थी बगाएको छ भने मन्थली बजारलगायतका स्थानहरु अस्तव्यस्त बनेको छ ।

मन्थली नगरपालिकाको भटौलीमा रहेको रुद्राक्षेश्वर मावि केन्द्रमा परीक्षा दिन जान लागेका मन्थली माविका विद्यार्थीहरुलाई खोलाले बगाएकामा चार जना पौडिएर निस्किन सफल भएका छन् । अन्य विद्यार्थीहरुलाई पनि खोलाले बगाएको हुनसक्ने आशंका स्थानीयबासीको छ । यद्यपि प्रहरीले यसको पुष्टि गरिसकेको छैन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

वर्षाले वस्ती डुबानमा परेको छ भने सडक अवरुद्ध हुँदा सवारी आवागमन प्रभावित भएको छ ।

गएराति १२ बजदेखि शुरु भएको वर्षा अहिलेसम्म यथावत हुँदा मन्थलीको बसपार्क, मन्थली बजारको खाँदबारीलगायतका क्षेत्र डुबेका छन् । पहिरोले केही घर र पसलमासमेत क्षति पुर्‍याएको बताइएको छ । पसलमा हिलो पसेको छ ।

सडक अवरुद्ध हुँदा जिल्लाबाट बाहिरिने र भित्रिने सवारी साधनहरु चल्न सकेका छैनन् । बसपार्कमा पार्किङ गरी राखिएका गाडीहरु नैग्रेगरले फसेका छन् ।

सवारी नचल्दा सर्वसाधारण यात्रु अन्योलमा परेका छन्