काठमाडौं ३१ वैशाख–नेकपा एमालेका प्रदेश नं ३ का प्रदेशसभा सांसद हरिशरण लामिछानेको निधन भएको छ ।
आइतवार मष्तिस्कघात भएपछि काठमाडौं मेडिकल कजेजमा लगिएका लामिछानेको सोमवार दिउसो निधन भएको हो ।
उनको सोमवार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी भइरहेको एमाले भक्तपुरका इञ्चार्ज सोमनाल मिश्रले जानकारी दिए ।
भक्तपुर चाँगुनारायण नगरपालिका– तेलकोट निवासी लामिछाने गत मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. १ को ख २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
उनको स्वास्थ्य स्थिति बुझ्न एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सोमवार अस्पताल पुगेका थिए । लोकान्तर बाट साभार










