नेपाली काँग्रेसले भारतीय सांसद कीर्ति आजादको अभिव्यक्तिप्रति आधिकारिक धारण व्यक्त गरेको छ । काँग्रेसले भारतीय सांसद आजादको अभिव्यक्तिलाई आपत्तिजक र दुराशयपूर्ण भएको जनाएको छ ।
काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै आजादले ट्वीटमार्फत ‘जनकपुरलाई मिथिला राज्य घोषणा गर’ भन्दै दिएको अभिव्यक्तिप्रति आफूहरुको ध्यानाकर्षण भएको जनाएका छन् । उनको सो ट्वीटले दुई देशबीचको सम्बन्धमा खलल पुग्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।











