काठमाडौं ।  भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको नेपाल भ्रमणको क्रममा जनकपुरमा आयोजित कार्यक्रममा नेपालको राष्ट्रिय झण्डाको अपमान गरिएको सन्दर्भमा प्रदेश नं २ का प्रमुख सचिवसँग केन्द्र सरकारले स्पष्टिरकण सोधेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरको अभिनन्दन कार्यक्रममा राष्ट्रिय झण्डाको अपमान भएकोबारे प्रदेश २ का प्रमुख सचिव राजेश्वरमान सिंहलाई तीनदिने स्पष्टिकरण सोधेका हुन् । मन्त्रालयले सचिव सिंहसहितका पदाधिकारीलाई सोमबार तीन दिने स्पष्टीकरण सोधेको जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव सिंह, २ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव यज्ञबहादुर खत्री, धनुषाका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुली तथा जनकपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई मन्त्री पण्डितले मन्त्रिस्तरीय निर्णय गर्दै तीन दिने स्पष्टीकरण सोधेका हुन् । मन्त्री पण्डितका स्वकीय सचिव ओसिम आलमका अनुसार उनीहरुलाई सोमबार स्पष्टिकरण पत्र पठाइएको छ ।

भारतीय प्रम मोदी र प्रधानमन्त्री ओली सहभागी कार्यक्रममा राखिएको नेपालको झण्डाको आकृति बिग्रेका तथा रंग समेत फरक पारेर राखिएको सन्दर्भमा आम सर्वसधारणले चर्को आलोचना गर्दै आएका छन् ।