चर्चित हास्यकलाकार हरिवंश आचार्य हजुरबुवा बनेका छन् ।

हरिवंशका जेठा छोरा त्रिलोक आचार्य र अमेरिकी प्रेमिका जोए लेवस्किलाई पुत्र लाभ भएपछि हरिवंशले खुशी प्रकट गर्दै आँफु हजुरबुबा भएको कुरा फेसबुक मार्फत जाकनारी गराएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हरिवंशले आफ्नो फेसबुक पेजमा नातीको फोटोसहित यसबारे जानकारी दिँदै भनेका छन्, ‘म हजुरबुवा भएको छु । मेरो जेठो छोरा त्रिलोक र बुहारी जोएको पहिलो सन्तान भएको छ । नतीको पहिलो तस्बिर ।’

त्रिलोक आचार्य र अमेरिकी प्रेमिका जोए लेवस्किको विबाह २०७३ को असारमा नेपाली परम्परा अनुसार अमेरिकामा नै भएको थियो । नयाँ सन्तानको आगमन भएसँगै अहिले कलाकार हरिवंशको परिवारमा खुशी भित्रिएको छ ।