काठमाडौं, १ जेठ । पार्टी एकीकरणको बारेमा विभिन्न थरी अड्कलबाजी भइरहेका बेला माओवादी केन्द्रका अधयक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवुकरमा नेपालबीच भेटवार्ता भएको छ ।

ललितपुरस्थित एमाले वैदेशिक मामिला विभागको कार्यालय, तुल्सीलाल स्मृति भवनमा मंगलबार बिहान प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो । भेटवार्तामा दुई पार्टीबीचको पार्टी एकीकरणका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

वार्तामा मे ३० र ३१ मा आयोजना हुने कार्लमार्क्सको द्विसतवार्षिकी सन्दर्भको अन्तर्राष्ट्रिय गोष्ठीलाई प्रभावकारी बनाउने लगायतका विषयमा पनि छलफल भएको थियो । दैनिक नेपाल बाट