बिर्तामोड। यौनजन्य गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले झापा बिर्तामोडका दुई होटलबाट दुई भारतीयसहित ९ जनालाई पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेहरुमा कटिहार जिल्ला कोडा थाना वैजनाथपुर सिमरा ग्रामपञ्चायत विहार भारत बस्ने ३१ बर्षीय महम्मद सफिक र २३ बर्षीय महम्मद भोला, रुपन्देही बुटवल–८ बस्ने २५ बर्षीया निशा गिरी र २५ बर्षीया प्रमिला गिरी, काठमाडौ महानगरपालिका–७ चावहिल बस्ने २५ बर्षीया सरिता लामा, कनकाई–४ बस्ने २४ बर्षीया दिया चौधरी, गौराहद–५ बस्ने २० बर्षीय प्रेम खत्री, काभ्रे बनेपा बुटवल–६ बस्ने २५ बर्षीया आयुषा तामाङ र इलाम सूर्योदय–२ फिक्कल बस्ने २३ बर्षीया रुबिना तामाङ रहेका छन् ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीको टोलीले बिर्तामोड–५ स्थित झरना होटल एण्ड लज र बिर्तामोड–३स्थित ग्रीनल्याण्ड होटल एण्ड लजबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय झापाबाट केही सार्वजनिक अपराध मुद्दामा म्याद थपको अनुमति लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।










