काठमाडौं- सोमबार निधन भएका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान मणि शाहको पार्थिव शरिरमा नेपाल ओलम्पिक कमिटी-एनओसीको झन्डा ओढाइएको छ।

एनओसीका महासचिव लामा टेन्डी शेर्पा र सदस्य निलेन्द्रराज श्रेष्ठले दशरथ र‌ंगशालामा राखिएको शाहको पार्थिव शरिरमा ओलम्पिकको झन्डा ओडाएका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शाहको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। उनको कलेजो फेल भएका कारण निधन भएको थियो। १२ वर्षयता उनलाई कलेजोको समस्या भएको थियो। शाहका एक छोरी र श्रीमती छन्।

१२ वर्ष नेपालका लागि खेलेका शाहले ६ वटा अन्तर्राष्ट्रिय गोल गरेका थिए। सन् १९९३ मा नेपालले दक्षिण एसियाली खेलकुदको फुटबलमा स्वर्ण पदक जित्दा शाहको प्रदर्शन निर्णायक थियो। उनलाई महान अर्जेन्टिनी खेलाडी डिएगो म्याराडोनासँग तुलना गरिँदै नेपाली म्याराडोना भनिन्छ।

उनलाई गड गिफ्टेड प्लेयर मानिन्छ।