काठमाडौँ- युवासंघको २८ औँ वार्षिकोत्सव कार्यक्रममा रक्षामन्त्री तथा एमाले महासचिव ईश्वर पोखरेलले युवासंघलाई १० वटा टिप्स दिएका छन्:

१) गुटबन्दीभन्दा माथि उठेर युवा संघ अघि बढनुपर्छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

२) राष्ट्रिय हितमा एक जुट हुन आवश्यक। खासगरी विचारमा सम्झौता गर्न मिल्दैन। विचारमा ढलमल गर्न हुन्न।

३) लुला खुट्टा टेकेर पार्टीको नेतृत्व गर्न सकिन्न। विधि मिच्ने नेता हुन सक्दैन। तत्काल हाम फाल्दा दीर्घ हुने छैन।

४) विधि तोडफोड हुने प्रवृत्ति देखा पर्छ। प्रक्रियामा हामी हिँड्नुको विकल्प छैन।

५) समृद्धि र सुशासनको अभियानमा युवा संघले साथ दिनुपर्ने देखिन्छ।

६) कम्युनिस्टको नैतिक पतन हुने काम नगर्नुहोस्।

७) बितेका दिनको समीक्षा गर्नुपर्छ युवा संघले। कतिपय अवसर गुमाएको छ यो सघले। आलोचना र जित दुबै भोगेको छ।

८) काम गरेर देखाउने बेलामा समयको सदुपयोग गर्नुहोस्।

९) आफू नियममा बसेपछि अरुलाइ सुझाव दिनु राम्रो हो।

१०) पार्टीलाई दुई धार, तीन पुस्ता बनाउनका लागि संघ अघि बढ्नुपर्छ।

-देश संचार बाट साभार