निकट भविष्यमा भारत जान्छु, कृषिमा सहकार्य बढ्छ’ ‘ढिलो चाँडो एमालेसँग एकता हुन्छ’ काठमाडौं, १ जेठ । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकताबारे बाहिर भएजस्तो आशंका नरहेको स्पष्ट पारेका छन् । उनले भने,‘पार्टी एकताबारे अहिले बाहिर आशंका छ, तर हामी सबैखाले आशंका मेटाउँदै एकता हुन्छ।’

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री खनालले एकताबारे सबै कुराहरु मिलाएर अघि बढ्ने विश्वास दिलाए । उनले भने,‘जसरी हामीले वाम गठबन्धनपछि प्रतिवद्धता जारी गरेका थियौं, हामीले समृद्धिको योजना सार्वजनिक गरेका थियौं, अबको हाम्रो लक्ष्य भनेको समाजवाद नै हो, हामीहरुबीच सबै कुरा मिल्छ, केही प्राविधिक कुराहरु मिल्न बाँकी छन्, हामी मिलाउँछौं।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा मन्त्री खनालले एकता हुने कुरामा शंका नगर्न आग्रह गरे । खनालले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालसँग अहिले एकताबारे छलफल नचलेको स्पष्ट पारे । उनले भने,‘तर पार्टी एकता हुनसक्छ, हाम्रो प्राथमिकता भनेको एमाले र हामीबीचको एकता नै हो।’ उनले एमाले र माओवादी केन्द्रबीच ढिलो चाँडो एकता हुने विश्वास दिलाए ।

मन्त्री खनालले भारतसँग नेपालको धेरै राम्रो सम्बन्ध रहेको बताउँदै कृषिमा सहकार्य हुने विश्वास दिलाए । उनले भने,‘भारतमा जस्तो नेपालमा कृषि क्षेत्रको उचाई छैन, भारतको कृषि क्षेत्रमा भएको विकास, किसानलाई दिने अनुदान, व्यवस्थापनको स्तर नेपालमा छैन्।’

नेपालमा जमिनको समस्या रहेको बताउँदै उनले जमिनलाई वर्गिकरण गरेर समस्या हल गर्नतर्फ आफू केन्द्रित हुने जनाए । ‘हाम्रोमा जमिनको वर्गिकरण गरिएको छैन, यसको कारण प्रधानमन्त्री कृषि आधुनिकिरण कार्यक्रम लागु हुन गाह«ौ भैरहेको छ, यसको लागि ठीक ढंगले जग्गालाई केन्द्रिकृत गर्नुपर्छ, एकीकृत प्रणालीबाट अघि बढ्नुपर्छ।’

कृषि क्षेत्रमा के–के गर्न सकिन्छ भन्नेबारे ईजरायलसँग कुरा भएकोले निकट भविष्यमा सहमति गरिनेपनि मन्त्री खनालले जानकारी दिए । नेपालमा ६६ प्रतिशत जनता कृषिमा आधारित रहेपनि उनीहरुको अवस्था नाजुक रहेकोले यसबारेमापनि केही नयाँ गर्ने उद्देश्यले सोचिरहेको उनको भनाई थियो ।

नेपालबाट उत्पादन भएका कृषिजन्य वस्तुहरु जम्मा १२ देखि १३ अर्वकोमात्रै निर्यात हुने तर हामीले झण्डै ११० अर्बको आयात भैरहेको जनाउँदै भारतसँगको व्यापार घाटा घटाउनको लागि कृषिमा नयाँ क्रान्ति गर्न आवश्यक रहेको मन्त्री खनालले बताए ।

उनले यसपटकको बजेटमा कृषिलाई प्राथमिकता दिईने पनि विश्वास दिलाए । उनले भने,‘कृषि नेपालको अर्थतन्त्रको मेरुदण्ड हो, त्यसैल हामीले बजेटमा कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्छ, २१ औं शताब्दीको कृषि प्रणाली हामीले अपनाउनुपर्छ।’

अव्यवस्थित् बसोबासको समस्यालाई पनि २ वर्षभित्रै हल गर्ने उनको विश्वास छ । उनले भने,‘हामी चाँडै भू–उपयोग नीति ल्याउँछौं, कसैले दुरुपयोग गरे यस्तो कारबाही गर्छौं भनेर लेख्नेगरि नीति ल्याउँछु।’ उनले कृषिजन्य, व्यवसायिक र उद्योगको लागि जमिन छुट्याईएने जनाए । उने थपे,‘जमिनमा रहेको द्धेद्ध स्वामित्व पनि हामी हल गर्छौं, त्यस्तै सुकुम्बासी समस्या छ, यसलाईपनि हल गर्नुपर्छ, केही समयभित्रै यी समस्याहरुलाई हल गर्नेगरि म लागिपरिरहेको छु।’

त्यस्तै उनले कृषि क्षेत्रमा रहेको सिण्डिकेटपनि आफूले तोड्ने जनाए । उनले भने,‘कृषकहरुलाई फाईदा हुनेगरि म कदम चाल्छु, तरकारमा रहेको सिण्डिकेट अब तोडिन्छ।’ आफू निकट भविष्यमै भारत भ्रमणमा जानेपनि मन्त्री खनालले जानकारी दिए ।

आफूले कषि क्षेत्रलाई ध्यानमा राखेर किसान पेन्सन लगायत केही नयाँ कार्यक्रमहरु ल्याउने पनि उनले खुलासा गरे । उनले भने,‘किसान पेन्सन दिनुपर्छ, अनुदान गरिब परिचयपत्रलाई पनि अघि बढाउनुपर्छ, अहिले २६ जिल्लामा वितरण हुँदैछ।’ उनले सिधै किसानको खातामा जानेगरि पेन्सन पठाउने व्यवस्था गरिने जनाए ।

फरक प्रसँगमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मादीको जनकपुर भ्रमणको क्रममा २ नम्बर प्रदेशमा भएका क्रियाकलाप र अभिव्यक्तिका बारेमा शोभनीय नभएको बताए । उनले थपे,‘प्रदेशका साथीहरुले केन्द्रिय मन्त्रालयले हस्तक्षेप गर्यो भन्ने अभिव्यक्ति दिएको पनि सुनियो, यो शोभनीय भएन्।’ झण्डाको विषय र मुख्यमन्त्रीको अभिव्यक्तिबारे कहीँ न कहीँ त्रुटि भएको उनको भनाई थियो ।

उनले मोदीको नेपाल भ्रमण राम्रो र उपलब्धिमूलक रहेको बताए । उनले भने,‘मोदीजीको भ्रमणले सार्थक वार्ताहरुको सुरुवात भएको छ, तर अन्तिम निर्णयमा पुग्न समय लाग्छ।’ मोदीको भ्रमणको क्रममा शिलान्यास कार्यक्रममा उर्जामन्त्रीलाई सहभागी हुनुपर्दथ्यो भन्ने कुराको रियलाईजेशन हिजोको क्याविनेटमा भएको पनि उनले जनाए । उनले भने,‘तयारी गर्नेको कमजोरी भयो।’

अदुवा, अलैंची, चिया लगायतका नेपालबाट निर्यात हुने वस्तुहरुमा रोक लगाईएकोबारेमा आफूहरुले गम्भिर रुपमा लिएको बताउँदै विगतमा भएका सबै खाले सहमति तथा सम्झौताहरु कार्यान्वयन गर्नुपर्नेमा उनको जोड थियो । उनले भने,‘हाम्रा उपजहरु सरासर जान पाउनुपर्छ।’

मन्त्री खनालले मोदीको भ्रमणलाई लिएर कांग्रेसले गरेको विरोध अलिक बढि नै भएको प्रतिक्रिया दिए । रिपोटर्स नेपाल बाट