काठमाडौं । सुर्खेतबाट हुम्लाका लागि उडेको जहाज बिहानदेखि सम्पर्कविहीन भएको छ । बिहान ६ बजेर ५५ मिनेटमा सिमिकोटमा अवतरण गर्नुपर्ने जहाज अहिलेसम्म पनि सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।

हुम्ला प्रहरीले दिएको जानकारीअनुसार अहिले त्यस जहाजलाई खोज्न नेपाली सेनाको हेलिकोप्टर परिचालन गरिएको छ । मकालु एयरको ९ एनएजेयु कलसाइन भएको कार्गो बोकेको जहाज बिहान सुर्खेतबाट हुम्लाका लागि उडेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जहाजमा पाइलट किरण भट्टराई र अर्का एक को पाइलट रहेका छन् । फाइल तस्बिर