काठमाडौं- सत्तारुढ दल एमालेकै सांसद निरु पालले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई स्पष्टीकरण सोध्नुपर्ने माग गरेकी छन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सत्ताको नेतृत्व गरेको दल नेकपा एमालेकै सांसदबाट यस्तो माग उठेको हो। भारतीय प्रधानन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनका क्रममा जनकपुरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले संविधानविरुद्ध संघर्ष गर्नुपरेको, राज्यबाट मधेस सधैं अपहेलित भएको भन्ने अभिव्यक्ति दिएका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपालको झन्डा बिगार्ने, रङ र आकारसम्म थाहा नहुने कर्मचारीलाई मन्त्रीले स्पष्टीकरण सोधेको प्रसंग उल्लेख गर्दे सांसद पालले मुख्यमन्त्रीलाई नै स्पष्टीकरण सोध्नुपर्ने अडान राखिन्। 'हामी वामपन्थीहरु त अध्ययन गरुँला तर यस्ता मुख्यमन्त्रीलाई प्रशिक्षण दिने कि नदिने म सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु,' उनले भनिन्।

राष्ट्रियताको सवालमा पछिल्लो समय प्रधानमन्त्रीका बारेमा विभिन्न टीकाटिप्पणी भइरहेको भन्दै उनले तत्कालीन समयको नाकाबन्दीलाई होइन भन्नु अतिवाद भएको बताइन्। 'प्रधानन्त्रीले सम्बन्ध सुधार्नुपर्छ भनेर मित्रराष्ट्र भारतका प्रधानमन्त्रीलाई स्वागत गर्दा लम्पसारवाद भन्नु अतिवाद हो,' उनले भनिन्।

दोधारा चाँदनी सीमामा भारतले पटकपटक नेपालीलाई दु:ख दिने गरेको भन्दै उनले तत्काल रोक्नका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराइन्। नेपाल लाइभ बाट