काठमाडौं । एक हजार दरका नक्कली नोटसहित काठमाडौंका विभिन्न स्थानबाट छ जना पक्राउ परेका छन् । अत्याधुनिक प्रेसमा छापिएका एक हजार दरका नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार ५ करोड ६७ लाख ४३ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सक्कली जस्तै देखिने नोटहरु प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट बरामद गरेको हो। काठमाडौं प्रहरीले काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा छापा हानी नोट बरामद गरेको हो। जनता समाचार बाट साभार