काठमाडाैँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताको मिति बिहीबार घोषणा हुने भएको छ । प्रधानमन्त्री निबास बालुवाटारमा बसेको एमाले स्थायी कमिटि बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको सहमतिलाई अनुमोदन गर्दे माओवादी केन्द्रबीचको एकताको मिति बिहीबार संयोजन समिति मार्फत घोषणा गर्ने निर्णय गरेको हो ।

एकतापछि नयाँ बन्ने पार्टीको केन्द्रीय कमिटीको संख्या ४ सय ४१ हुने, ४३ सदस्यीय स्थायी कमिटी हुने सचिव योगेश भट्टराईले जानकारी दिए । त्यस्तै चुनाव चिन्ह सूर्य हुने उनले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

केन्द्रिय कमिटिमा २४१ एमाले र २ सय माओवादीका सदस्य रहनेछन् । निर्वाचन आयोगमा प्रस्तुत गर्ने विधान, लगायतका विषय एकता संयोजन समितिले टुंगो लगाउने भट्टराईले जानकारी दिए ।

उनले एकताको मिति लगाएका अन्य बिषयहरु पनि संयोजक समितिले बिहीबार घोषणा गर्ने बताए ।यसैबिच बिहीबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बल्खुस्थीत मदन भण्डारीको शालिकमा माल्यापर्ण गरेर एकताका बिषयमा साझा सन्देश दिने तयारी गरेका छन् । नेपाल जर्नल बाट