झापा । कानुनी रुपमा प्रतिवन्धित जंगली हरिणको नौ किलो मासुसहित दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ६ निवासी २९ वर्षीय टेकबहादुर लावती र मेचीनगर नगरपालिका १३ निवासी २१ वर्षीय सागर श्रेष्ठ रहेको जिल्ला वन कार्यालय झापाले जनाएको छ।

लावतीको घरमा हरिणको मासु पकाउँदै गरेको भन्ने विशेष सूचनाको आधारमा वन कार्यालय झापाबाट खटिएका टोलीले पक्राउ गरेको वन कार्यालय झापाका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनका अनुसार सशस्त्र वन रक्षकका कमाण्डर रामनाथ यादव र सहायक वन अधिकृत राजन राईको नेतृत्व टोलीले दुवै जनालाई हरिणको सात केजी काचो मासु र दुई किलो पकाएको मासुसहित पक्राउ गरेको हो।

उनीहरू सो हरिण बुट्टावारीको जंगलबाट सिकार गरेको अनुसन्धानको क्रममा खुलेको उनले बताए। पक्राउ परेका दुवै जनालाई राष्ट्रिय निकुञ्ज तथा वनजन्यतु संरक्षण ऐन २०२९ अनुसार कारवाहीका लागि वन कार्यालयको हिरासतमा राखिएको जनाइएको छ। टाइम्स अफ प्रदेश बाट