जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका बेला जानकी मन्दिर परिसरको मञ्चमा नेपाली राष्ट्रिय झण्डाकाे स्वरूप बिगारेर भारतीय दूतावासले नै राखेको खुलेको छ। भारतीय सुरक्षाकर्मीले दुई देशका झण्डा लहरै पारी राखेको छ।

भारतीय सुरक्षाकर्मीहरूले नेपालको झन्डा कहाँबाट ल्याए भन्ने नेपाली पक्षलाई नै जानकारी छैन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कार्यक्रम व्यवस्थापनको जिम्मेवारी संघीय सरकार, प्रदेश सरकार र जानकी मन्दिरले संयुक्त रूपमा लिएका थिए । जानकी मन्दिरका छोटा महन्थ रोशन दासले मन्दिर परिसरमा भारतीय दूतावासले राखेको कार्यक्रमबारे आफूलाई जानकारी नभएको बताएका छन्। अाजकाे नयाँ पत्रिकामा खबर रहेकाे छ ।