दमक/झापाको दमकमा प्रहरीले हुण्डि कारोबारी र मिटर ब्याज लगाउनेहरुलाइ निगरानीमा राख्न शुरु गरेको बताईएको छ । दमकमा मनि चेन्जर मार्फत र ब्याक्तिगत रुपमा समेत हुण्डिको कारोबार हुदै आएको प्रहरीले सूचना पाएपछि सिआइबिको टोलीले दमकमा निगरानी बढाएको श्रोतले बताएको छ ।
दमकमा एकदर्जन भन्दा बढि ब्याक्तिहरु यस कार्यमा संलग्न रहेको सूचनाका आधारमा आफूहरुले निगरानी र अनुसन्धान गरिरहेको भन्ने जानकारी प्रहरी उच्च श्रोतले जानकारी दिएको छ ।
दमकमा केहिले कम्पनी नै खोलेर मिटर ब्याजमा लगानी गर्ने गरेको र दमकका लब्धप्रतिष्ठित ब्याक्तिहरु समेत यसमा संलग्न रहेको जनाईन्छ । दमकमा मिटर ब्याजले कतिपयको घरवास उठेको समेत यस भन्दा अगाडि चर्चाको बिषय बनेको थियो ।











