काठमाडौं । नेकपा एमाले र माओृवादी केन्द्र एकता संयोजक समितिको बैठक सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार भएको बैठकले एकता अनुमोदन गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बैठकले बुधबारको निर्णय अब बन्ने नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिर केन्द्रीय कमिटीको नाम टुंग्याएर त्यसलाई दुबै पक्षले छुट्टाछुटै रुपमा पारित गर्ने निर्णय गरेको छ ।

कमिटी दुबै पक्षबाट पारित भएपछि निर्वाचन आयोगमा दल दर्ता गर्ने र त्यसपछि पत्रकार सम्मेलन मार्फत एकताको घोषणा गर्ने कार्यक्रम तय भएको छ ।

एमाले र माओवादी केन्द्रले स्थायी समिति ४३ सदस्यीय र केन्द्रीय कमिटी २ सय ४१ सदस्यीय बनाउने निर्णय गरिसकेका छन् ।

एमालेकाे स्थायी कमिटीमा अध्यक्ष र दुई बरिष्ठ नेतासहित १५ पदाधिकारी छन् । बरियताक्रम अनुसार अध्यक्ष ओली, बरिष्ठ नेता झलनाथ खनाल,माधवकुमार नेपाल पदाधिकारीकै हैसियतमा छन् । उपाध्यक्ष बामदेव गौतम, अष्टलक्ष्मी शाक्य,युवराज ज्ञवाली र भीम रावल छन् । पनि मर्यादाक्रम अनुसार नै स्थायी कमिटीमा राखिएको छ ।

अर्का उपाध्यक्ष बिद्या भण्डारी राष्ट्रपति भएपछि एक उपाध्यक्ष खाली छ । महासचिव ईश्व पोखरेल, उपमहासचिव बिष्णु पौडेल, घनश्याम भुसाल र सचिवहरु प्रदिप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, भीम आचार्य, गोकर्ण विष्ट र योगेश भट्टराई स्थायी कमिटीका पदाधिकारी हुन् ।

स्थायी कमिटीका अन्य सदस्यहरुमा सुवास नेम्वाङ, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, छबिलाल विश्वकर्मा, किरण गुरुङ र सत्यनारायण मण्डल छन् । २२ जना स्थायी कमिटी सदस्य बाहेक अन्य चारजना पदेन स्थायी कमिटी सदस्य छन् ।

अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरा, सल्लाहकार परिषद अध्यक्ष केशव बडाल, निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासी अधिकारी र लेखा परीक्षण आयोगका अध्यक्ष डा।पुष्प कडेल स्थायी कमिटीका पदेन सदस्य छन् । जनता समचार बाट साभर