काठमाडौं, ३ जेठ

नेकपा कम्युनिष्ट पार्टीको शक्तीकाली हाइकमाण्ड बन्ने भएको । एमाले र माओवादी केन्द्रको एकतापछि बन्ने नेकपा कम्युनिष्ट पार्टीमा ९ सदस्यीय हाइकमाण्ड बन्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी एकता संयोजन समितिको बैठकले हाइकमाण्ड गठन गर्ने निर्णय गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यो पार्टी सञ्चालनमा निर्णायक हुने बताइएको छ । यो हाइकमाण्डमा विष्णु पौडेल महासचिव र नारायणकाजी श्रेष्ठलाई प्रवक्ता बन्ने हुनुभएको छ ।

हाइकमाण्डमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड रहनुहुनेछ । त्यसपछिको वरियतामा झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल रहनुहुनेछ ।