नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच एकता घोषणाका लागि राष्ट्रिय सभागृहमा तयारी लगभग पूरा भएको छ । स्टेजमा ब्यानर राखिसकिएको छ भने भित्र दुवै पार्टीका कार्यकर्ता भरिभराउ अवस्थामा छन् ।
यसअघि लेनिन जयन्तिका दिन पार्टी एकताको सन्देश दिन भन्दै आयोजित संयुक्त कार्यक्रममा ब्यानरमा लेनिनको फोटो नभएको भन्दै विवाद र होहल्ला भएकाले यसपटक चलाखी गर्दै ब्यानरमा कसैको पनि फोटो राखिएको छैन ।
कम्युनिस्ट पार्टीको झण्डा हँसिया हथौडा रहेको ब्यानरमा ‘नेपाल कम्युनिस्ट पार्टी एकता घोषणा कार्यक्रम’ लेखिएको छ ।










