काठमाडौं । नवगठित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा रहने भएको छ । पार्टीका जनसङ्गठन र जनसम्पर्कका कामहरु भने पेरिसडाँडाबाट हुने नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बताए । धुम्बाराहीमा पहिले पासाङल्हामु पर्वतारोहण प्रतिष्ठान रहेको स्थानमा तत्कालीन नेकपा एमालेको अस्थायी र पेरिसडाँडामा नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय रहेको थियो ।

आज विघटित पार्टीका सूचनापाटीहरु झिकिने बताइएको छ । निर्वाचन आयोगमा बिहीबार दर्ता भएको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी र दर्ता नं पाँच हजार ६६६ रहेको कार्यालय सचिव श्रेष्ठले जानकारी दिए ।